५.७४ अंकले बढ्यो आज शेयर बाजर

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार ५.७४ अंकले बढेको छ । ०.७४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५६१.२७ अंकमा उक्लिएको छ ।

आज १९३ कम्पनीका ८९ लाख ७१ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

शेयर बजारमा आज बैंकिङ समूह, ट्रेडिङ समूह, होटल समूह, जलविद्युत समूह, वित्त समूह र अन्य समूहमा हरियाली छायो भने बाँकी समूह राताम्मे भए ।

प्रतिक्रिया