कालिकाले सार्वजनिक गर्यो रे जेडआर एफआइ स्कुटर, यस्ता छन् विषेशताहरु

काठमाडौं । चितवनको खैरहनिमा यामाहाको नयाँ स्कुटर रे जेडआर एफआइ बिहीवार सार्वजनिक गरिएको छ । पुर्बी चितवनका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्टसले सो स्कुटर सार्वजनिक गरेको हो ।

खैरहनी माध्यमिक विद्यालयमा स्थापना गरिएको जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षय कोषका संयोजक एवं समाजसेवी मुरली प्रसाद गजुरेल र मोटरसाइकल पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीले स्कुटरको अनावरण गरेका छन् ।

नेपालमै पहिलो पटक यो स्कुटर बजारमा ल्याइएको पार्टसका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

अल न्यू यामाहा रे जेडआर १ सय २५ एफआइ इन्जिनसहितको नयाँ रे जेडआर स्ट्रिट ¥याली स्कुटर हो । सो स्कुटरको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

स्कुटरमा ३० प्रतिशत धेरै पावर, १६ प्रतिशत सुधारिएको माइलेज, इन–बिल्ट साइड स्ट्यान्ड इन्जिन कटअफ स्विचजस्ता विशेषता रहेको मोटरसाइकल पार्टसका सेल्स म्यानेजर सुदिप लामिछानेले बताए ।

यस्तै वाई सेपको लेड पोजिस्निगं लाईट, नयाँ डिजिटल इन्स्टुमेन्ट क्लस्टर, स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाजरहीत सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग फिचर उपलब्ध रहेको लामिछानेले बताए ।

स्कुटर ९९ केजीको हलुका रहेको छ, भने बुट स्पेस २१ लिटरको रहेको छ । जसले स्कुटरमा धेरै सामान राख्न मिल्ने छ । फेसबुक लाइभ मार्फत गरिएको सार्वजनिक कार्यक्रममा कालिका मोटरसाइकल पार्टस टांडी शाखाका प्रमुख रामचन्द्र कोइरालाले स्वागत मन्तव्य राखेका थिए । कालिका मोटरसाइकल पार्टसको खैरहनी सहित टांडी, भण्डारा, पिठुवा र पदमपुरबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया