टिचिङ अस्पताल अगाडी सवारी साधनले ठक्कर दिँदा बुढानिलकण्ठकी अनुपाकाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-३ स्थित शिक्षण अस्पतालको गेट अगाडि माेटरसाइकल र गाडीकाे ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु भएकाे छ ।

सडकको जेब्रा क्रसिङमा ठक्कर दिँदा पैदलयात्री बुढानिलकण्ठ नगरपालिका- बस्ने २६ वर्षीया अनुपा कार्कीको बुधबार दिउँसो मृत्यु भएको हाे । दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिइ फरार रहेको बा११ च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलकाे नम्बर र चालकबारे भने पत्ता लागेकाे छैन । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया