सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ घट्यो, आज बजार भाउ कति ?

काठमाडौँ । सुनचाँदीको मूल्य ३ दिनदेखि लगातार घटेको छ । आज पनि सुन प्रतितोला १ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला ७० रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया