ड्रग्स प्रकरण : साराले एयरपोर्टमा मिडियालाई देखेपछि खुम्च्याइन् अनुहार

एजेन्सी । सुशान्तसिंह राजपूत केसमा धेरै बलिउडका  धेरै सेलिब्रेटीहरूको नाम ड्रग्स केसमा देखा पर्न थालेको छ । यसमा सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको नाम पनि आयो ।

एनसीबीले अभिनेत्री सारा अली खानलाई समन पठाएको छ । उनलाई २६ सेप्टेम्बरमा सोधपुछको लागि एनसीबीले बोलाएको छ। आज सारा गोवामा थिइन् । अहिले उनि गोवाबाट मुम्बइको लागि निस्किएकी छिन् ।साराले एयरपोर्टमा मिडियालाई देखेपछि उनको मुहारको रङ नै फेरिएको थियो ।

साराबिरुद्ध धेरै प्रमाणहरु फेला परेका छन् । जसको कारण एनसीबीले सारालाई सोधपुछ गर्ने भएको छ । रिया चक्रवर्तीले पनि साराको बारेमा उल्लेख गरेकी छिन् ।

रियाले भनिन् –‘सारा र सुशान्तसँगै धुम्रपान गर्थे । यि दुबैले पावानि फार्म हाउसमा ड्रग्स लिएर पार्टी पनि गर्थे । केदारनाथको सेटमा सुशान्त र साराले विडका खाने गर्थे ।’ साराले फिल्म ’केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । सो फिल्ममा सुशान्तले साराको विपरित भूमिकामा खेलेका थिए ।

सुशान्त केसमा रिया चक्रवर्ती, जया शाहा, ड्रग्स पेडलर्स इत्यादिसँग सम्बन्धित मानिसहरूले बलिउडका धेरै ठूला ताराहरूको नाम उजागर गरेका छन् । एनसीबीको रडारमा हाल ५०जना बलिउडका सेलिब्रेटीहरूकाे नाम समेटिएकाे छ ।

प्रतिक्रिया