दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार हुन्छ : थापा

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता ५ हजार पुग्ने बताएका छन् ।

उनले पोखरा महानगरपालिका वडा नं १७ सितापाईलाको पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको उद्घाटन गर्दै सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको जानकारी दिएका हुन ।

जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्ने बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।

 

 

प्रतिक्रिया