आज शेयर बजार करेक्सन, ९.३७ अंकले बढ्यो

काठमाडौँ । हिजो २२.९१ अंकले घटेको शेयर बजार आज भने करेक्सन हुँदै ९.३७ अंकले बढेको छ । ०.६१ प्रतिशतले बढ्दा नेप्से परिसूचक १५५५.५२ अंकमा चडेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १९४ कम्पनीका ५८ लाख ६२ हजार ६ सय १७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

आज होटल्स समूह मात्रै राताम्मे भएको छ, भने बाँकी समूहमा हरियाली छाएको छ ।

प्रतिक्रिया