३७ किलो चरेससहित दुई महिला पक्राउ

चितवन । कपिलवस्तुको कृष्णनगरबाट ठूलो परिमाणको चरेससहित दुई जना महिला पक्राउ परेका छन् ।

कपिलवस्तुको शान्ति पुनः स्थापना केन्द्र अगाडीबाट ३७ किलो चरेससहित दुई जना महिला पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा भारत तर्फ जाँदै गरेकाहरूलाई निगरानी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी गाउपालिका वडा नम्बर ०९ बस्ने बर्ष ४० की शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गा.वि.स.वडा ५ घर भई हाल कपिलवस्तु शिवराज नगरपालिका ५ बानियाभर बस्ने बर्ष ३५ की बसन्ती घर्ती रहेका छन् ।

प्रतिक्रिया