सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ घट्यो

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँले घटेको छ । साताको पहिलो दिन स्थिर र दोश्रो दिन सोमबारप्रतितोला २ सय रुपियाँ बढेको सुनको मूल्य हिजोबाट भने ओरालो लाग्न थालेको छ । आज चाँदी पनि प्रतितोला ४० रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ३० रुपियाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया