बद्री पंगेनीले ल्याए मर्मस्पर्शी गीत (भिडियो सहित)

काठमाडौं । बिदेशिएका युवावर्गको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको गीतको भिडियो दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको छ ।

कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको मर्मस्पर्शी गीतका गायक बद्री पंगेनी हुन् । गीतको म्युजिक भिडियोमा आमा र सन्तान बीचको आत्मिय सम्बन्ध र आफ्नो गाउँघरको सम्झनाले न्यास्रो लाग्ने तथ्यलाई प्रस्तुत गरिएको छ ।
गत हप्तामात्र सार्वजनिक भएको ‘मेरो नशा नशामा तिमी…’ बोलको भिडिओबाट चर्चा बटुलिरहेका निर्देशक क्रान्ति के.सी.ले उक्त म्युजिक भिडियोको निर्देशन, सम्पादन गरेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा घरबाट टाढा रहेका र घर फर्कन असमर्थ नेपालीहरुको आँखा रसाउँने छन् ‘बाटो हेरी नरौ है आमा..’ बोलको भिडियो हेर्दा ।

दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत, अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई अभिनयमा सुलोचना भडेल, मनिषा लोकन्द्री आदिले साथ दिएका छन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया