शेयर बजारमा पहिराे, २२.९१ अंकले घट्यो

काठमाडौँ । शेयर बजारमा आज पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज २२.९१ अंकले शेयर बजार घटेको हो । १.४६ प्रतिशतले घट्दा नेप्से परिसूचक १५४६.१५ अंकमा झरेको हो ।

नेप्सेका अनुसार आज १९९ कम्पनीका ७७ लाख २१ हजार ९ सय ५४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७६ करोड ५४ लाख ७९ हजार ५ सय ६३ रुपियाँ बराबरको कारोबार भएको छ । आज सबै समूह राताम्मे भएका छन् ।

साताको पहिलो दिन आइतबार ३ अंकले बढेको शेयर बजार दोश्रो दिन हिजो सोमबार ६.१२ अंकले घटेको थियो ।

प्रतिक्रिया