पल र साम्राज्ञी चलचित्र ‘रेड वाइन’मा पहिलो पटकसँगै सहकार्य गर्दै

काठमाडौं । लोकप्रिय नायक पल शाह र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले चलचित्र ‘रेड वाइन’मा सँगै काम गर्ने भएका छन् ।

रमेश एम.के. पौडेलको यो चलचित्रमा पल र साम्राज्ञीले पहिलो पटक स्क्रिन शेयर गर्ने भएका छन् ।
पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘राज्जा रानी’ चलचित्र निर्माण गरिसकेका छन् । यो चलचित्रको सम्पुर्ण छायांकन अमेरिकामा नै गरिने भएकाे छ ।

लभस्टोरी जनराको यो चलचित्र ‘रेड वाइन’ मार्फत निर्माता पौडेल निर्देशकको रूपमा आउने भएका छन् । चलचित्रमा कथा र गीत लेखन पौडेलकै रहने छ । पल र साम्राज्ञीको साथमा हाँस्सय कलाकार सन्दिप क्षेत्री र इमिली लामाले पनि अभिनय गर्ने भएका छन् । यो चलचित्रमा पासाङ लामा र आर्यन पौडेलकाे लगानी रहेका छ । सह–निर्माताको रुपमा निरु भण्डारी रहेकी छिन् ।

आर्यन फिल्मस् प्रोडक्शन प्रा. लि. र बोधी एच.डि. अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा तथा संवाद शबिर श्रेष्ठकाे रहेकाे छ। कोरोनाको अवस्था हेरेर दशैँ र तिहारको बीचमा फ्लोरमा जाने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया