सुनकाे मूल्य प्रतितोला १ हजार ७ सय रुपियाँ घट्यो

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला १ हाजर ७ सयाले वृद्धि भएको छ । साताको पहिलो दिन स्थिर र दोश्रो दिन हिजो प्रतितोला २ सय रुपियाँ सुनको मूल्य वृद्धि भएको थियो । आज चाँदीको मूल्य समेत हिजोको तुलनामा प्रतितोला ९० रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार ७ रुपियाँ र चाँदीप्रतितोला १ हजार ३ सय २० रुपियाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया