गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । साेकाे जानकारी लोचन स्वयमले नै फेसबुकमार्फत गराएका छन् ।

लोचनले शनिबार फेसबुकमा स्टाटस लेख्दै आफूलाई संक्रमण भएको र अहिले आइसोलेसनमै बसेको बताएका छन् । त्यस्तै आफ्नो सम्पर्कमा आएका अन्य सबैलाई सचेत हुन र परीक्षण गर्न अनुरोध समेत गरेका छन् ।
लोचनले धुलिखेल अस्पतालबाट कोरोना जाँच गराएका हुन् । आफूमा लक्षण देखिएपछि उनी धुलिखेलमा कोरोना जाँच गराउन पुगेका थिए ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि लोचन कोरोना पो हो कि भन्ने लागेर परीक्षणका लागि बिहीबार बेलुका धुलिखेल अस्पताल गएका थिए । लोचनले शुत्रबार बिहानै अस्पतालमा स्वाब दिए । स्वाब दिएको लगतै सोहि साँझ बेलुका नै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । लोचन हाल आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया