विदेशमा भएका नेपालीले सिधै पैसा पठाउन सक्ने

काठमाडौं । अब विदेशमा भएका नेपालीहरुले डिजिटल भुक्तानी प्रणालीमार्फत् सिधै पैसा पठाउन सक्ने भएका छन् । कामका लागि गएको देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायतका प्रणालीबाट सिधै नेपालमा पैसा पठाउन पाउने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

राष्ट्र बैकले आज (सोमबार) एक सूचना जारी गर्दै सो व्यवस्था शुरु गरेको हो । यसका लागि नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालन रहेको डिजिटल पेमेन्ट इन्सट्रुमेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ ।

प्रतिक्रिया