सञ्चारकर्मी तथा कलाकार चिरञ्जीवी सापकोटा अभिनित ‘दशैं आयो’ गीत बजारमा (भिडियोसहित)

काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड दशैं तिहारलाई लक्षित गरेर गीतहरु धामाधम बजारमा आइरहेका छन् ।
गायक तिलक बस्नेत र गायिका कविता खत्रीको सुमधुर आवाज सजिएको ‘दशैं आयो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा तिलक बस्नेतको संगीत र समीर प्रकाश पाण्डेको शब्द रहेको छ ।

उक्त गीत डान्सिङ शैलीमा आधारित छ । सो गीतको अडियो भिडियो दुबै आाकर्षक बनेको छ । लाहुर गएका लाहुरे दशैंमा घर फर्किँदा आफ्नो प्रेमिका अनि परिवारसँग रमाइलो गरेको कथालाई भिडियोमा देख्न सकिन्छ ।
भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जीवी सापकोटा, गिता ढुंगाना, जिवेश गुरुङ र रुबिशा श्रेष्ठको अभिनय रहेको छ ।

यो भन्दा अगाडि सोलो गीतहरुमा अभिनय गरेर छोटो समयमै दर्शक तथा स्रोताको मन जितेका चिरञ्जीवीले पहिलोपटक डान्सीङ गीत गरेका छन् । उक्त गीतमा राजेश घिमिरेको छायांकन रहेको छ भने, अमृत चापागाईंकाे सम्पादन रहेकाे छ ।सो गीतको भिडियोलाई सृजन बरालले निर्देशन गरेका छन् ।

भिडियोलाई आहा टिभीको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया