घट्यो शेयर बजार, आज कति भयो करोबार ?

काठमाडौँ । साताको दोश्रो दिन आज शेयर बजार घटेको छ । पहिलो दिन ३ अंकले बढेको शेयर बजार आज भने ६.१२ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज ०.३९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १५६९.०६ अंकमा झरेको छ ।आज १९५ कम्पनीका ८५ लाख ६५ हजार ७६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २ सय १६ रुपियाँको कारोबार भएको छ ।

शेयर बजार घटेको दिन आज उत्पादनमूलक समूहमा मात्रै हरियाली छायो भने बाँकी सबै समूह राताम्मे भए ।

प्रतिक्रिया