हराएको मोटरसाइकल धनीलाई बुझाइयो

विराटनगर । हराएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ ।

मोटरसाइकलका धनी सुनसरी इटहरी नगरपालिका–९ का श्याम कुमार कार्कीलाई सोमबार (आज) वडा प्रहरी कार्यालय (क)ले मोटरसाइकल बुझाएको हो ।

उक्त को २४ प ६८१ नम्बरको मोटरसाइकल गत भदौ ३१ गतेदेखि विराटनगर महानगरपालिका–६ केशलिया मार्गमा बेवारिसे अवस्थामा फेला पारी वडा प्रहरी कार्यालय (क) विराटनगरमा रखिएको थियो ।

सवारी धनीको कागजपत्र हेर्दा मिल्न गएकाले मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको र उक्त मोटरसाइकल चोरी गर्ने व्यक्तिको खोजी कार्य रहेको वडा प्रहरी कार्यालय (क) ले जनाएको छ ।

प्रतिक्रिया