सुनको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँले मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९७ हजार रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार ५ रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया