नेपाली फिल्मकी पहिलो महिला संगीतकार शान्तिलाई जगदम्बाश्री पुरस्कार दिने निर्णय

काठमाडौं । चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले यस वर्षको मदन पुरस्कार पाउने भएको छ ।

मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार र नेपाली फिल्मको गीतमा संगीत भर्ने पहिलो महिला संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।

अम्बर गुरुङको संगीतमा ‘सम्हालेर राख’, ‘मेरो दुखी मन’ जस्ता कालजयी गीतबाट चर्चित बनेकी ठटालले नेपाली फिल्म ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरू’ को गीतमा संगीत गरेर फिल्ममा संगीत भर्ने पहिलो महिलाका रूपमा परिचय बनाएकी छन् । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू ‘मुनामदन’, ‘कुञ्जिनी’ र ‘म्हेन्दो’ मा आधारित सांगीतिक सृजना पनि गरेकी छन् ।

यि दुवै पुरस्कार अहिलेको यो कोभिड १९ को बिषम स्थिति सामान्य भएपछि वितरण गरिने छ ।

 

प्रतिक्रिया