भेरीमा उपचाररत कोरोना संक्रमित कैदीको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना संक्रमणका कारण एक कैदीको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत सुर्खेतका ५८ वर्षीय कैदीको आज बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सुर्खेतको सहारेका ती पुरुष उपचारका क्रममा बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

दमको बिरामी रहेका उनलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका उनको भदौ २१ गते स्वाब लिइएकोमा त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया