झिनो अंकले बढ्यो शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज शेयर बजार ३ अंकले बढेको हो । ०.१९ प्रतिशतले बढ्दा नेप्से परिसूचक १५७५.१८ अंकमा पुगेको छ ।

२ अर्ब ७३ करोड ९३ लाख २८ हजार २० रुपियाँ बराबरको शेयर कारोबार भएको छ । आज बजार बढे पनि बैंकिङ समूह, विकास बैंक समूह र वित्त समूहमा मात्रै हरियाली छायो भने बाँकी अरु समूह राताम्मे भए ।

प्रतिक्रिया