यस्तो छ आज सुनको मूल्य

काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपियाँ निर्धारण गरिएको छ ।

गतसाताको अन्तिम दिन शुक्रबार भने छापावाल सुन प्रतितोला ९७ हजार रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार ५ रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया