धरान ४ कोसी राजमार्गमा ट्रिपर दुर्घटना, एक जना गम्भीर घाइते

धरान । सुनसरीको धरानमा ट्रिपर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार अबेर राति धनकुटाबाट धरानतर्फ आइरहेको ट्रिपर धरान ४ स्थित कोसी राजमार्गमा दुर्घटना हुँदा सुनसरी इटहरी घर भएका ट्रिपर चालक नेत्र भट्टराई घाइते भएका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

बा. ४ ख ९७८३ नम्बरको ट्रिपर गएराति करिब १ बजे धरान ४ राजमार्गबाट करिब ५ सय मिटर तल भीरबाट तल खसेको थियो ।

सोही दुर्घटनामा परी घाइते भएका ट्रिपर चालक भटटराईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

दुर्घटना भएको स्थानबाट ट्रिपर निकै तल झरेकोले ट्रिपर निकाल्न समस्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले धनकुटाबाट ट्रिपर आएको बताए पनि घाइते चालक भट्टराईका श्रीमती बिमला भटटराईका अनुसार उनका श्रीमान् तेह्रथुमबाट इटहरी आउँदै थिए ।

प्रतिक्रिया