करेन्ट लागेर र खोलामा डुबेर दुई जनाको मृत्यु

काठमाडौं । रौतहटको गरुडा नगरपालिका–५ शिवनगर बस्ने ४६ वर्षीया रेश्मी देबी साहको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । धारामा नुहाउने क्रममा बिद्युत सर्ट भई करेन्ट लागेर अशक्त भएकी उनलाई उपचारको लागि गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको देवदह नगरपालिका–३ हात्तीडाँडास्थित रोहिणी खोलामा पौडी खेल्ने क्रममा डुबेर सुनवल नगरपालिका–७ अस्नैया बस्ने फौ बहादुर रानाको १५ वर्षीय छोरा करन रानाको बिहीबार मृत्यु भएको छ ।

दुवै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया