जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ आउँदै

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले आगामी असोज ११ गतेदेखि आईपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कुल शेयरमध्ये सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता छुटयाइएको छ । १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि छुटयाइएको छ ।

यो आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तपुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया