डलर साटिदिने भन्दै लाखाैँ ठगी गरी फरार

भक्तपुर । डलर साटिदिने भन्दै एक व्यक्तिले लाखाैँ ठगी गरेकाे पाइएकाे छ ।

मध्यपुर ठिमी नगरपालिका-२ मनहरा दिब्यश्वरी प्लानिङबाट काठमाडौं तार्केश्वर नगरपालिका-७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको ५ लाख रुपैयाँ बुधबार दिउँसो ठगी भएको पाइएकाे हाे ।

ती पुरुषलाई सोमबारदेखि हामी चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाई उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया