आज घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

काठमाडौँ । सुनचाँदीको मूल्य आज घटेको छ । सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । साताको पहिलो दिन स्थिर र दोश्रो दिन सोमबार प्रतितोला ४ सय रुपियाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रुपियाँ बढेको थियो भने हिजो बुधबार स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया