सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार कति ?

काठमाडौं । आज सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधबार ५.३६ अंकले बढेर १५४१.४० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३५ प्रतिशतको वृद्धि हो ।

आज १ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा कूल एक सय ९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर खरिद बिक्री भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १२ समूह मध्ये बैंकिङ्ग बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी होटल समूह १४२ अंकले बढेको छ । त्यस्तै, जीवन बीमा ७२, हाइड्रोपावर ५४, निर्जीवन ४२, ट्रेडिङ् २० अंकले उकालो लागेका छन् । बैंकिङ समूह भने ४.५८ अंकले ओरालो लागेको छ । आज बजारमा दर्जनौं कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया