नायिका उषा रजक स्कुटर दुर्घटनामा घाइते

काठमाडौं । नायिका उषा रजक सवारी दुर्घटनामा परी घाइते भएकी छन् ।

मंगलबार एक म्यूजिक भिडियोका लागि पहिरन छनोट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उषाको स्कूटरलाई ठक्कर दिएपछि उनको बाँया पट्टीको घुँडा र टाउकोमा चोट लागेको थियो ।

दुर्घटनापछि उनले प्रहरीमा उजुरी गरिन् । उनको स्कूटरलाई ठक्कर दिने स्कूटरका चालकसँग लाइसेन्स नभएको जानकारी प्राप्त छ ।

दुर्घटनापछि सामान्य उपचार गरेर उषा घर फर्किएकी थिइन् । तर, साँझ असैह्य दुखाई भएपछि उनलाई परिवारका सदस्यले नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेका थिए ।

उषाको  ‘सिटी स्क्यान गरेर हेर्दा उनलाई भित्री चोट देखिएको छ । यद्यपी, उनको स्वास्थ्य अवस्था भने सामान्य छ । कोरोना परीक्षण गरेर अहिले उनलाई अस्पतालको आइसाेलेसनमा राखिएको छ । कोरोनाको रिपोर्ट आएपछि बाँकी उपचार हुनेछ ।

उनको दुर्घटना भएपछि भिडियोको छायांकन भने रोकिएको छ । ‘वान डे’ , ‘इकु  द जंगल म्यान’  ‘कुसुमे रुमाल २’ र ‘कठपुतली’ मा अभिनय गरिसकेकी उषाले सन् २००६ मा मिस नेपाल यूनिभर्सिटीको उपाधि पनि जितेकी थिइन् । उषाले ‘बाँकी उज्यालो’, ‘अर्को कुरुक्षत्र’ लगायतका नाटकमा समेत अभिनय गरिसकेकी छन् ।

प्रतिक्रिया