कोरोनाकालमा आफन्त गुमाउँदाको पीडा झल्किएको ‘शून्य’ [भिडिओसहित]

काठमाडौं । लामो समयदेखि बेलायतमा बस्दै आएका  ध्रुव दत्तले आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

उनले ‘तीन घुम्ती’, ‘लिलिबिली’, ‘आवेग’, ‘द प्लान’, ‘उल्झन’, ‘नाइन ओ क्लक’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।

ध्रुवले पहिलो पटक लघु चलिचत्रमा काम गरेका छन् । उनको एकल अभिनय रहेको ९ मिनेटको सर्ट चलचित्र ‘शून्य’ सोमवार भिजन संसार प्लसको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सनम बैरागको निर्देशन रहेको चलचित्रमा कोरोना भाइरस (कोभिड १९) को असहज परिस्थितिमा देश बाहिर बस्नेहरुले आफन्त गुमाउनु पर्दाको पीडालाई  देखाइएको छ ।

सर्ट चलचित्रमा दत्तको मनछुने अभिनय रहेको छ । कृष्णबहादुर लाम्गादेको निर्माण रहेको फिल्ममा गोपी सापकोटाको कथा रहेको छ  भने, शन्तकुमार राईको छाँयाकन रहेको छ ।

प्रतिक्रिया