आज सुनको कारोबार कतिमा ?

काठमाडौँ । सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । साताको पहिलो दिन स्थिर र दोश्रो दिन प्रतितोला ४ सय रुपियाँ र तेश्रो दिन हिजो प्रतितोला ६ सय रुपियाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपियाँ निर्धारण गरिएको छ । हिजो पनि सुनचाँदी आजकै मूल्यमा किनबेच भएको थियो ।

प्रतिक्रिया