सामान्य अंकले घट्यो शेयर बजार, आज कारोबार कति ?

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । कारोबार शुरु भएदेखि उतारचढाव देखिएको बजारमा अन्तत नेप्से परिसूचक १.६५ अंकले घटेर १५३८.८५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशतले घटेको हो ।

बजारमा कूल १९० कम्पनीको ४२ लाख ९५ हजार ३ सय २८ कित्ता सेयर एक अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ ।

मंगलबार तीन समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । जीवन, निर्जीवन र म्युचअल फण्ड उकालो लागेको छ । भने बाँकी ओरालो लागेका छन् ।

प्रतिक्रिया