पहिलो पटक प्रदिप र दिनेशको टिमअप

काठमाडौं । नायक प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा  टिमअप  गर्ने भएका छन् ।

सो फिल्म सामाजिक विषयवस्तुमा आधारित हुनेछ । नाम तय नभइसकेको फिल्ममा प्रदीप खड्काले २० लाख पारिश्रमिक बुझेको चर्चा छ । तर, यसमा कुनै सत्यता नभएको निर्देशक राउत बताउँछन् ।

प्रदिप फिल्मलाई लिएर निकै नै उत्साहित रहेका छन् । अहिलेसम्म प्रदिपलाई देखेको भूमिकाभन्दा दर्शकले भिन्न पाउने छन् । फिल्ममा प्रदीपले गाउँले युवकको भूमिका निभाउँदैछन् । विकास सुवेदीले साे फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । कोरोना महामारीपछि छायांकन सुरु हुने फिल्मका लागि अभिनेत्री भने छनोट गरिएको छैन । प्रदीपले यो फिल्मपछि ‘हुतुतु’ फिल्म गर्नेछन् ।

 

 

प्रतिक्रिया