भारतले निर्यातमा रोक लगाएपछि नेपालमा बढ्यो प्याजको मूल्य !

काठमाडौं । छिमेकी मुलुक भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढेको छ ।

अस्वभाविक मूल्य वृद्धि भएपछि भारतको केन्द्रीय सरकारले सोमबारमात्र प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको हो ।

त्यताबाट निर्यातमा राेक लगाउने निर्णय गरेसँगै मंगलबार नेपालमा १५ रूपैयाँले प्याजमा मूल्य वृद्धि भएको हो ।

कालिमाटी तरकारी तथा फलफुल बजारकाे थाेक मूल्यसूची अनुसार भारतीय सुकेको प्याजको मूल्य किलोमै २५ प्रतिशत मूल्यबृद्धि भएको हो । प्याजकाे औषत मूल्य भदौ २९ गते ६० रुपैयाँ रहेको थियाे । देशकै ठूलो तरकारी बजारमा आज बढेर ७५ रुपैयाँ पुगेको बजारले जानकारी दिएको छ।

उपभोक्ता मूल्यो यो भन्दा धेरै बढेको छ । उपभोक्ता मूल्य काठमाडौंका विभिन्न ठाउँमा फरक-फरक मूल्य हुने गरेको छ ।

भारतमा एक महिनाभित्रमै प्याजको भाउ तीन गुणासम्म महँगो भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया