सुनचाँदीको मूल्य बढ्याे, कारोबार कतिमा ?

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ बढेको छ । हिजो प्रतितोला १० रुपियाँ बढेको चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २० रुपियाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया