भारतमा अर्काे साेमबारदेखि खुल्दै विद्यालय, नेपालमा कहिलेदेखि खुल्ला ?

नयाँ दिल्ली । भारतमा अर्को सोमबार अर्थात् २१ सेप्टेम्बरदेखि विद्यालयहरु खोल्न लागिएको छ । कोभिड १९ महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु अर्को हप्तादेखि खोल्न लागिएको हो ।

केन्द्रीय स्वासथ्य मन्त्रालयले विद्यालयमा बालबालिकाहरुको स्वास्थ्यलाई लिएर गाइडलाइन समेत घोषणा गरिसकेको छ । स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अश्विनी कुमार चौबेले आइतबार आफ्नो ट्वीटरमा गाइडलाइन समेत सार्वजनिक गरिसकेका छन् ।

यसअघि अनलाईन कक्षा सञ्चालनमा आएको थियो । सरकारको उक्त निर्णयसँगै अब छिट्टै विद्यालयहरु पनि खुल्नेछन् । जारी गाइडलाइन अनुसार कक्षा काेठाका बेन्च, डेस्ककाे व्यवस्थापन पनि परिवर्तन हुनेछ । विद्यार्थीहरू ६ फिटकाे दुरीमा बस्नेछन् ।त्यसकारण बेन्चकाे दुरी ६ फिटकाे हुनुपर्नेछ । कक्षामा अन्य क्रियाकलापका समय पनि सामाजिक दुरी कायम गर्नुपर्नेछ ।

पढाइकाे समय शिक्षक/शिक्षिका र विद्यार्थीहरूले मास्क लगाउनुपर्नेछ । विद्यार्थीहरूले एकअर्कामा नाेटबुक, स्टेशनरी सेयर गर्न पाउने छैनन् । नयाँ नियमका अनुसार तत्काल सबैलाई बाेलाइने छैन । हाल ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई मात्रै स्कुल जाने विकल्प दिइएकाे छ । स्कुल ती विद्यार्थीका लागि खाेलिनेछ जसकाे अनलाइन शिक्षामा पहुँच छैन ।

छिमेकी मुलुकहरूमा विद्यालय खाेल्ने तयारी तीव्र रूपमा गरिएपनि नेपालमा भने यसकाे विकल्प खाेजिएकाे छैन । दशैँअघिसम्म अनलाइन कक्षालाई नै प्राथमिकता दिएर अघि बढ्ने संकेत दिइएकाे छ ।

प्रतिक्रिया