कविता मानन्धरकोे फिल्मी यात्रा रोकीएकै हो त ?

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले  ‘एउटा यस्तो प्रेम कहानी’ बाट नेपाली चलिचत्र क्षेत्रमा डेब्यू गर्दै थिइन् ।

तर, लामो समयदेखि यो चलिचत्र बिचमै रोकिएको कारण कविताको डेब्यू  चलिचत्र प्रदर्शनमै नआउने हो की भन्ने अन्योलता बढेको छ । ३ दशक भन्दा लामो समयदेखि चलिचत्रमा सक्रिय सदाबहार नायिका करिश्माकी छोरी कविताले आफ्नो रहरबमोजिम चलिचत्रमा डेब्यू गर्ने निर्णय गरेकी थिइन् ।

हिजोआज भने कविताले चलिचत्रकाे रहर नगरेको करिश्माले एक टेलिभिजन कार्यक्रममा बताएकी छिन् । कुराकानीका क्रममा करिश्माले बिचमै रोकिएको चलिचत्रबारे भनेकी छिन् –‘सबै कुराले पूर्णता पाउँछ भन्ने छैन । त्यो बेलामा चलिचत्रमा आउने रहर गरिन् । अहिले उनको रहर मेटिएजस्तो छ । चलचित्र गर्नेबारे खासै कुरा गर्दिनन् ।’

दिपेश सापकोटाले निर्देशन गरेको उक्त चलिचत्रमा शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र कविता जोडिको रुपमा देखिँदै थिए । जसमा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, करिश्मा मानन्धर, शिव श्रेष्ठ लगायतले पनि अभिनय गरेका थिए ।

प्रतिक्रिया