सामान्य अंकले बढ्यो आज शेयर बजार, कति भयो कारोबार ?

काठमाडौँ । साताको दोश्रो दिन आज शेयर बजार झिनो सामान्य अंकले बढेको छ । हिजो १६.५६ अंकले बढेको नेप्से परिसूचक आज भने ३.२६ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५४०.५१ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार आज १९० कम्पनीका ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९ सय ८ रुपियाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया