कञ्चनपुरमा दुर्घटना हुँदा क्रिकेटर ललित भण्डारी सख्त घाइते

काठमाडौं । कञ्चनपुरमा दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित सिंह भण्डारी घाइते भएक छन् ।

धनगढीबाट महेन्द्रनगरतर्फ जादै गरेको से १ ख १३२४ नम्बरको ट्रकले बलर भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का २८ वर्षीय क्रिकेटर भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना घाइते भएका कञ्चनपु्र प्रहरीले जानकारी दिएको छ ।

उनको झलारी स्थित शुक्लाफाटा किलिकमा प्राथमिक उपचारपछी थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ । ट्रकका चालक फरार रहेका छन भने र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ ।

प्रतिक्रिया