‘सम्भावित स्थानहरुको पहिचान गरी बस्ती स्थानान्तरण गरौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घुम्थाङबासीको दुःखले आफूलाई पनि दुःखी बनाएको बताएका छन् ।

गएराति परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको सत्यसँग आफू स्तब्ध भएको बताउँदै अध्यक्ष प्रचण्डले शोकाकुल परिवारप्रति सहानुभूतिसमेत दिएका छन् ।

यस्तै उनले जोखिम ठाँउमा भएकाहरुको समयमै वैकल्पिक बसोबासको व्यवस्थापन गर्नुपर्नेसमेत बताएका छन् । उनले सम्भावित जोखिम स्थानहरुको पहिचान गरी बेलैमा बस्ती हस्तान्तरण गर्नुपर्ने पनि औंल्याएका छन् ।

‘यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु ।’उनले भनेका छन् ।

गएराति परेका अविरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्थाङमा पहिरो जाँदा ६ जनाको मृत्यु भइसकेको छ भने अन्य दुई दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।

पहिरोको अवलोकन गर्न प्रतिनिधि सभामा सभामुख अग्नी प्रसाद सापकोटा पनि घुम्थाङ पुगेको छन् । जहाँबाट उनले निर्वाचन जितेका थिए ।

प्रतिक्रिया