सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुरिए, ठूूलो क्षतिको आशंका

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङमा गएराति गएको पहिरोले १८ घर पुरेको छ । घुम्थाङको भीरखर्कका १० र नागपुजेका ८ घर पहिरोले पुुरिएका हुन् ।

पहिराले ठूूलो क्षतिको आशंका गरिएको छ तर क्षतिको एकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको उनले बताए ।

ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको अनुुमान छ । सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ ।

प्रतिक्रिया