सिन्धुपाल्चाेक पहिराे अपडेटः बेपत्तामध्ये ६ जनाकाे शव भेटियाे

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएकाे पहिराेमा पुरिएर बेपत्ता भएका ३२ जना मध्ये ६ जनाकाे शव फेला परेकाे छ ।

बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिराे जाँदा बेपत्ता भएकामध्ये ६ जनाकाे शव भेटिएकाे जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकका सहायक प्रजिअ बाबुराम खनालले मकालु खबरलाई जानकारी दिए ।

उनले भने, ‘६ जनाकाे शव भेटिएकाे छ । २६ जना अझै बेपत्ता छन् । उद्धार कार्य जारी छ ।’

प्रतिक्रिया