घुम्थाङ पुगे सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नी प्रसाद सिन्धुपाल्चोकको घुम्थाङमा गएको पहिरो अवलोकन गर्न त्यहाँ पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाअनुसार उनी स्थलमार्ग हुँदै त्यहाँ पुगेका हुन् ।

सभामुख सापकोटासँगै नेकपा केन्द्रीय सदस्य माधव प्रसाद सापकोटा पनि उही टोलीमा छन् । बाह्रबिसे ७ घुम्थाङमा गएरातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा बस्ती नै पुरिदाँ ठूलो धनजनको क्षति भएको छ ।

अहिलेसम्म ६ जनाको शव भेटिएको छभने दुई दर्जनभन्दा बढी बेपत्ता छन् ।

प्रतिक्रिया