सार्वजनिक यातायात : भाडा पनि ५० प्रतिशत बढी, यात्रु पनि भरिभराउ

काठमाडौं । सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै काठमाडौं उपत्यकालगायत देशैभर एउटा जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णण गर्यो । काठमाडौं उपत्यकामा पनि त्यही निर्णय अनुसार १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायात सञ्चालन भए । तर काठमाडौं उपत्यकामा सञ्चालनमा आएका यातायातमा कोरोनाको संक्रमणबाट जोगिनका नियन्त्रणका लागि कृुनै स्वास्थ्यका मापदण्ड पूरा गरेका छैनन् ।

सरकारले सार्वजनिक यातायातबाट पनि कोरोना भाइरस फैलन सक्ने भन्दै करिब ७ महिना यातायात बन्द नै गर्यो । तर स्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै यातायात सञ्चालन गर्न पाउने गरी सरकारले यातायात सञ्चालन गर्न दिने भनेको थियो ।

काठमाडौं उपत्यकामा सञ्चालन भएका यातायातमा कुनै पनि स्वास्थ्यको मापदण्ड पूरा नगरी यात्रुलाई उभ्याएर नै यात्रा गराइरहेका छन् । यात्रुलाई सवारी साधन चढ्दा स्यानिलाईजरको पनि व्यवस्था छैन ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुलाई उभ्याएर यात्रा गराउँदा यात्रुहरु कोरोनाको जोखिममा पर्ने भएका छन् । चालक र सहचालकसँग कृुरा गर्दा उनीहरुले अफिस टाइम भएर मात्रै यात्रु टिस क्षमताभन्दा धेरै भएको र अफिस समयभन्दा बाहेको खाली नै दौडिनुपर्ने बताए ।

सिट क्षमताभन्दा धेरै यात्रु हाले पनि ५० प्रतिशत धेरै नै भाडा असुल्छन्

सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत यात्रु बोक्न र थोरै यात्रु बोक्नुपर्ने भएर ५० प्रतिशत भाडा वृद्धि गर्न अनुमति दिएको छ । तर, यातायातमा सिट क्षमताभन्दा धेरै यात्रु हालेर यातायात सञ्चालन गर्दा पनि ५० प्रतिशत भाडा वृद्धि गरेर नै भाडा असुलिरहेका छन् ।

के भन्छन् ट्राफिक प्रहरी प्रमुख ?

ट्राफिक प्रहरी प्रमुख (एसएसपी) भीम प्रसाद ढकालले नियमभन्दा धेरै यात्रु बोक्ने यातायातलाई कारबाही भएको बताए ।
गत शुक्रवार १ हजार १ सय ३०, शनिवार ७ सय ७५ र यो समाचार तयार पार्दासम्म ३ सय ८८ साना ठूला गरी कारबाही भएको प्रमुख ढकालले बताए ।

उनले भने–‘कुनै सार्वजनिक यातायातमा भीडभाड देखिए यात्रुले १०० वा १०३ मा फोन गरेर सूचना दिन गर्न अनुरोधा छ । यात्रु पनि सजक हुनु जरुरी छ । हामीले सार्वजनिक यातायात एक सिटमा एकजनाभन्दा धेरै यात्रु हालेर यात्रा गराउने सवारीलाई करबाही गरिरहेका छौँ ।’

 

प्रतिक्रिया