सिन्धुपाल्चोक पहिरो: दुुईको शव फेला, २२ जना बेपत्ता [अपडेट]

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-७ घुम्थाङमा पहिरोले पुुरिएको २ जनाको शव फेला परेको छ । अझै २२ जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी (डिएसपी) प्रकाश सापकोटाका अनुसार भीरखर्कमा २ जनाको शव भेटिएको छ । भीरखर्क र नाकुचेमा गरी २२ जना बेपत्ता रहेको सापकोटाले बताए ।

गएरातिको पहिरोले दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा ७ र भिरखर्कमा १० घर पुरिएका हुन् । बेपत्ताहरूको खोजी गर्ने प्रयास जारी छ ।

यसैबीच पहिरो प्रभावितको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जाँदैछन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया