टोफेल, जिम्याट लगायतका भाषा परीक्षा सञ्चालन गर्न पाइने

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले स्वास्थ्य मापदण्ड अपनाएर केही सिमित परीक्षा सञ्चालन गर्न सकिने जनाएकाे छ । एक विज्ञप्ति जारी गर्दै काठमाडाैं प्रशासनले टोफेल/आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षा लगायतका परीक्षा स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्न सकिने जानकारी गराएकाे हाे ।

तोकिएका र सोही प्रकृतिका परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा सञ्चालन कार्यविधि २०७७ मा उल्लेख विधि र प्रक्रिया अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया