नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको कार्य योजनाप्रति नेपालको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।

गत १३ साउनमा पार्टीभित्रको आन्तरिक किचलोका कारण उत्कर्षमा पुगेको बैठक दुवै अध्यक्षको सहमतिमा आज बसेको हो । आजको बैठकमा पेश हुने प्रस्ताव अध्यक्षद्वय ओली–दाहालले हिजै तयार गरिसकेका थिए ।

गत १८ भदौको सचिवालय बैठकमा राखेको १५ बुँदे सहमतिमा आफ्ना कुरा नसमेटिएको भन्दै माधव कुमार नेपालसहित उनीनिकटका नेताहरुले असन्तुष्टि जनाएको एक सदस्यले जानकारी दिए ।

अहिलेसम्म बैठकमा बोल्ने सदस्यमध्येमा धेरै नेपाल पक्षका बोलिरहेका छन् । अहिलेसम्म नेपाल पक्षका ९ सदस्यहरु बोलेका छन् ।

भीम आचार्य, अष्टलक्ष्मी शाक्य, देव गुरुङ, घनश्याम भूसाललगायतका सदस्यहरुले आफ्नो कुरा राखेको उनले बताए ।

उनीहरु सबैले अध्यक्षद्वयको कार्ययोजनाप्रति प्रश्न उठाएका छन् ।

प्रतिक्रिया