एक्कासि लडेका वडाध्यक्षको अस्पताल लैजादै गर्दा मृत्यु

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका-४ का वडाध्यक्षको मृत्यु भएको छ ।

वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए ।

वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन । आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । –रासस

प्रतिक्रिया