विक्रम परियार र समिक्षा अधिकारीको स्वरमा ‘बाचेको छु धन्न’ (भिडियाेसहित)

काठमाडौं । गायक विक्रम परियार र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको लोक गीत ‘बाचेको छु धन्न’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत र शिव सुवेदीको रहेको छ ।

सुवेदीका यसअगाडि ‘घाम जस्तो चम्किलो जुन हुँदैन’, ‘यति जान्न मन छ’, ‘घामले नि पोल्दियो’, ‘भुमरीमा परेँ भने म’ लगायतका कालजयी गीतहरु अहिले पनि लोकप्रिय छन् । सो गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आश्मा खड्काले न्यायपुर्ण ढंगले अभिनय गरेको देख्न सकिन्छ ।

गीतलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन् भने अनिल कृष्ण मानन्धरको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ ।

भिडियाेः

प्रतिक्रिया